समाज

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

सबै भन्दा बढी यशोधरा गाउपालिकाको

कपिलवस्तुका १० पालिकामा अख्तियारका ५८ उजुरी परेका छन्। यो उजुरी संख्या गत दुई वर्षसम्मको हो। सबै भन्दा बढी यशोधरा गाउपालिका र सबै भन्दा कम सुद्धोदन गाउपालिका र कपिलवस्तु नगरपालिका रहेका छन्।

यशोधरा गाउंपालिकाको १२ उजुरी र शुद्धोधन गाउंपालिकाको र कपिलवस्तु नगरपालिकाको एक एक वटा मात्र उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काकार्यालय  बुटवले जनाएको छ। आयोगले कपिलवस्तुको मायोदबी सुद्धोदन र बुद्धुभूमी नगरपालिमा  राखेको भष्ट्राचार नियन्त्रण तथा शुसासन प्रर्वधन सम्वन्धी स्थानीयतह संग अन्र्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो। त्यस्तै दोस्रो उजुरी पर्नेमा कृष्णनगर नगरपालिकाको ११ वटा परेको छ।

त्यस्तै महाराजगंज नगरंपालिकाको ८ विजयनगर गाउंपालिकाको ७ , बाणगगा नगरपालिकाको  ६ वटा उजुरी परेको छ। त्यस्तै बुद्धभुमी नगरपालिकाको  र मायादेवी गाउंपालिकाको  ५ , ५ वटा उजुरी परेको छ। शिवराज नगरपालिकाको  २ वटा उजुरी परेको छ। स्थानीय तहमा विकास निर्माण र शिक्षा र स्वास्थ्य जस्ता काममा धेरै उजुरी पर्ने गरेको आयोगका सिनियर डिभिजनल अधिकृत जयराम श्रेष्ठले बताए। साथै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे शाखा अधिकृत गोकर्णराज घिमिरेले स्थानीय जनप्रतिनिधी , कर्मचारी र नागरिक समाज मिलेर भष्टचार नियन्त्रणमा सहयोग गनु पर्ने बताए।

सो अवसरमा शुद्धोधन गाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आफै बाट भ्रष्ट्रचार नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गर्दे सबैले भ्रष्ट्रचार नियन्त्रण गरी शुसासन कायम गर्नुपर्ने बताए। सो अवसरमा वडा अध्यक्ष मनोज कुमार यादव, कार्यपालिका सदयपिन्स्र कुमार श्रीवास्तव , प्रमुख प्रशासकीय अधिकृत ऋषिदेव अर्याल ,राष्ट्रिय माविका प्रअ लालचन्द्र पाण्डेय लगायतले आ आफ्नो धारणा राखेका थिए।  

प्रकाशित: २२ माघ २०७९ १३:२७ आइतबार

अख्तियार