समाज

सर्लाही प्रहरीद्वारा डेढ सयभन्दा बढी फरार अभियुक्त पक्राउ

सर्लाही प्रहरीले एक हप्तामा डेढ सयभन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरेको छ। सर्लाही जिल्ला अदालतबाट कैद जरिवाना तोकिए पनि फरार सूचीमा रहेकामध्ये १५२ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।

कर्तव्य ज्यान, लागू औषध, जबरजस्ती करणी, अभद्र व्यवहार लगायतका गम्भीर प्रकृतिका अपराधमा संलग्न रही कैद जरिवाना भएर फरार रहेकालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी नरेश राज सुवेदीले बताएका छन्।

पक्राउ परेका अभियुक्तलाई अदालतसमक्ष पेश गरिएको छ। अन्य फरार अभियुक्तको खोजी कार्यलाई तीव्रता दिइएको सर्लाही प्रहरी प्रमुख एसपी सुवेदीले जानकारी दिएका छन्।

प्रकाशित: २२ माघ २०७९ ११:०९ आइतबार