समाज

परिवर्तका लागि युवा अभियान सुरु

काठमाडौं- लुम्बिनी अञ्चलमा सक्रिय युवाहरुले परिवर्तका लागि युवा नामक अभियान सुरुवात गरेका छन्। विभिन्न सामाजिक कार्यमा आबद्ध युवाहरुलाई एकिकृत गर्दै उक्त अभियानको थालनी गरिएको हो। समाजमा रहेका विकृति विसङ्गतीहरुलाई निरुत्साहित पार्दै सकारात्मक परिवर्तनका साथै युवाहरुलाई विभिन्न सामाजिक कार्यमा सक्रिय बनाउनका उक्त अभियानले प्रमुख भूमिका खेल्ने बताइएको छ।

अभियानले स्थानीय स्तरमा रहेर विभिन्न जनचेतना जगाउनुका साथै स्थानीय जनतालाई सामाजिक कार्यमा सरिक गराउने लक्ष्य समेत बोकेको छ। बाढी पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपबाट पीडीत जनताहरुको समस्या समाधान र सहयोगका लागि सरकारी निकायसँग समन्वय गर्नका लागि अभियानको उल्लेखनीय भूमिका खेल्ने र अहिले परिवर्तनका लागि युवा नामक संस्थाबाट उक्त अभियान थाल्ने संयोजक हिमन्त घिमिरले जानकारी दिए। 

पछिल्लो समयमा देशमा सामाजिक सेवाको नाममा कमाउ धन्दा हाबी हुँदै गइरहेका बेला विशुुद्ध गैरनाफामूलक यस अभियानले समाजमा केही सकारात्मक सन्देश दिने संस्थाका सचिव चिरञ्जीबी न्यौपानेले जानकारी गराए।

प्रकाशित: २७ भाद्र २०७३ ०२:२६ सोमबार

परिवर्तका लागि युवा अभियान सुरु