समाज

पर्वतको धाइरिङमा जीप दुर्घटना, तीनको मृत्यु

पर्वत–पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  ग१ज ५१०२ नम्बरको जीप  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ–९ का ५० वर्षीया  दिलकुमारी बुढाथोकी र हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वत प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । घटनामा आठ जना यात्रु घाइते छन् ।

रिवाङ–९ कास्कीकी १४ वर्षीया अमृता पुनको अवस्था गम्भिर छ । उनको म्याग्दी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको छ। बाँकी सात जना घाइतेको म्याग्दी अस्पतालमै उपचार भइरहेको खनालले बताए ।
घटनास्थलबाट उनले दिएकको जानकारी अनुसार जीप सडकबाट ६६ मिटर तल खसेको छ। ‘स्थानीयबासीका अनुसार ब्रेक फेल भएकै कारण जीप दुर्घटनामा परेको देखिन्छ’, उनले भने ।

 

प्रकाशित: २५ भाद्र २०७३ ०८:५५ शनिबार

पर्वतको धाइरिङमा जीप दुर्घटना तीनको मृत्यु