समाज

बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगर- मोरङको इन्द्रपुरमा ना ५ ख ७०८३ नम्बरको बसको ठक्करबाट  महिलाको मृत्यु भएको छ। कोसीहरैंचा—९  इन्द्रपुरस्थित पूर्व पश्चिम राजमार्गमा पैदल हिंडिरहेकी भोजपुर षडानन्द नगरपालिका —४ की पदमकुमारी घिमिरेलाई शुक्रबार विहान बसले ठक्कर दिंदा घटनास्थलमै  मृत्यु भएको हो।  घिमिरेको शव पोष्टमाटमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको मोरङ प्रहरीले जनाएको छ। बस र चालकलाई  नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रबक्ता योगेन्द्र सिंहले जानकारी दिए।

प्रकाशित: २४ भाद्र २०७३ १२:११ शुक्रबार

बसको ठक्करबाट महिलाको मृत्यु