समाज

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

वीरगंज–वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।

उनीहरुले  करारमा रहेका केही कर्मचारीले शुक्रबार बिहान पहिला अधिकृत यादवको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेको र तोडफोड गर्ने मान्छे कोइरालाले पठाएको भन्दै यादवले हातपात गरेको बताएका छन्। कार्यकारी अधिकृत कोइरालाले आफुमाथि भएको हातपात र दुव्र्यवहारको जानकारी  प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई गराएको बताएका छन्।

कर्मचारीले  विगत केही समयदेखि उपमहानगरपालिकामा करारमा रहेका केही कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा कार्यकारी अधिकृत कोइराला र अधिकृत यादवबीच विवाद हँुदै आएको बताए। वडा प्रहरी कार्यलयका असई सुरेन्द्र यादवले हाल त्यहाँको अवस्था सामान्य  रहेको बताए ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०८:२२ शुक्रबार

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात