समाज

राजस्थानबाट १२ नेपाली महिलाको उद्धार

वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ।

मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पुर्‍याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो। ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो।

ब्यूरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था ९हेल्प क्रस इण्डिया० र नेपालस्थित शान्ति पुनःस्थापना गृहको सहकार्यमा उनीहरुको उद्धार भएको हो।

उनका अनुसार उद्धार गरिएका अधिकांश ३१ देखि ४० वर्ष उमेर समूहका विवाहित महिला छन्। कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन्। नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन्। ब्यूरोको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बेचविखन तथा ओसापसार भएका दुई सय १४ महिलाको उद्धार गरिएको छ। रासस

प्रकाशित: २० माघ २०७९ १४:०४ शुक्रबार

वैदेशिक रोजगार