समाज

शिक्षा दिवसमा बालबालिकालेभने-संविधान कार्यान्वयन गर्दा नेपाल नटुक्रयाउ !

जाजरकोट–शिक्षा दिवस मनाउन सवैको स्वर एक होस, संविधान कार्यान्वयन गर्दा हाम्रो देश नटुक्रियोस !    उल्लिखित गीतका हरफहरु कुनै कविका रचना या दिग्गज नेताका भाषणका अंश होइनन्। ३७ औं शिक्षा दिवस तथा  ५० औं साक्षरता दिवसका अवसरमा जाजरकोटमा बिहीबार आयोजित  कार्यक्रममा स्कुले विद्यार्थीले गाएको गीतको अंश हो।

शिक्षा दिवसका अवसरमा जाजरकोटमा आयोजित कार्यक्रममा  स्कुले बालबालिकाले निकै परिपक्व र राष्ट्र प्रेमयुक्त विचारका प्रस्तुती देखाए। गीत र वक्तृत्वकलाका माध्यमबाट उनीहरुले  नेतालाई संविधान कार्यन्वयन गर्दा देशको अखण्डता नबिगार्न आग्रह गरे।  शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको मावि स्तरीय वक्तृत्वकला तथा गीत प्रतियोगितामा भाग लिने विद्यार्थीले  नेताहरुलाई संविधान संशोधन र कार्यान्वयन गर्दा देशलाई कमजोर पार्ने कुनै कार्य नगर्न आग्रह गरे।

वक्तृत्वकला प्रतियोगीतामा भाग लिँदै  त्रिभुवन माध्यामिक विद्यालयकी छात्रा महिमा चौधरीले  देशको शैक्षिक अवस्था  बिग्रँदै जाँदा भावी पुस्ताको जीवन अप्ठेरोमा पर्ने भएकोले यस तर्फ नेताहरुले सोच्नु पर्ने बताइन्।

उनले संविधान कार्यान्वयन गर्दा हिमाल पहाड तराइका जनताको एकतालाइ अझ बलियो बनाउन  आग्रह गरिन्। महिमा जस्तै भेरीत्रिवेणी मावि रिम्नाकी  नमिता चन्दले पनि  संविधानको सफल कार्यान्वय हुँदै गर्दा जनता र राष्ट्रले पराजय महशुस गर्ने अवस्था  आउन नहुने बताइन्।

महिमा र नमिता जस्तै शान्ति ज्ञानकुन्ज आवासीय माविका विद्यार्थीले सामुहिक शैक्षिक गीत गाउदै  संविधानको संशोधन र कार्यान्वयले देश नटुक्रयाउन  आग्रह गरे। उनीहरुले पढेलेखेका र बुझेका नेताले देशको कानुन कार्यान्वयन गर्दा  जनताबीचको एकतालाइ ख्याल गर्नु पर्ने बताए।
 कायक्रममा उनीहरुले जिल्लामा बिग्रँदै गएको शैक्षिक अवस्थाका बारेमा सरोकारवालाहरुलाई चिन्ता गर्न पनि आग्रह गरे ।

 

प्रकाशित: २३ भाद्र २०७३ ११:०५ बिहीबार

शिक्षा दिवसमा बालबालिकालेभने-संविधान कार्यान्वयन गर्दा नेपाल नटुक्रयाउ