समाज

चट्याङ लागेर आमा छोराको मृत्यु

लहान– चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ ।

चट्याङले सुरज सदाको घटनास्थलमै मृत्यु भएको र जुर्मी उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

मृतक आमा छोराको शव स्वास्थ्य परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ । रासस

प्रकाशित: २२ भाद्र २०७३ ११:१९ बुधबार

चट्याङ लागेर आमा छोराको मृत्यु