समाज

तराईमा हुस्सु र कुहिरो,अन्य क्षेत्रमा सामान्यतया मौसम सफा

फाइल तस्बिर।

हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति  प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १९ माघ २०७९ ०४:५८ बिहीबार