समाज

पाँच टुहुरा भाईबहिनीको सहारा बनेकी मुगा

सडक छेउमै जिर्ण घर। सडकमा गुड्ने सवारी साधनले उडाएको धुलो घरको वरीपरि र छतभरी छ। त्यही घर भित्र बस्छन् १८ बर्षीया मुगा दमाईकी पाँच भाईबहिनीहरु।  

कर्णाली राजमार्ग अन्र्तगत खाँडाचक्र नगरपालिका वडा नं. २ मा पर्ने सडक छेउमै पुर्खाको पालामा बनेको सानो घर, त्यही घरभित्र बस्ने बालबालिकाका अनेकौं रहर। मलिन अनुहार, शरीरमा लाउने कपडाको पिर, एकछाक जोहो गर्न पिर,अनेकौं सपना पूरा गर्ने पिर। पिरै पिरले भरिएका निनाउरा अनुहार।  

साँझ परेसी सबै थकान मार्न सुत्छन् तर यी बालबालिकालाई साँझ आउने बित्तिकै एउटै कुराले सताउँछ के खाने,के ओड्ने भन्दै रात भन्दा दिन प्यारो मान्छन्। दिनमा लाग्ने घामले रातको जाडो हराएको महशुस गर्ने उनीहरु बताउँछन्।  

चिसो समयमा ओड्ने कपडा छैन ,चिसो मौसममा जाडोका कारण हात खुट्टा फुटेका छन् ,अनुहार र कान छेउमा भएका घाउ खटिरालाई कोट्याउदै बिहानको घाम ताप्छन्।  

बुबा आमा दुवै गुमाएका पाँच उनीहरुको अवस्था दयनीय छ। बिहान बेलुकाको खाना समेत जुटाउन हम्मे हम्मे हुन्छ। खाँडाचक्र नगरपालिका वडा नं. २ मा पाँच बालबालिका विगत ३ वर्ष यता संरक्षणको अभावमा तड्पी रहेका छन्।

१८ वर्षिया मुगा दमाई भाईबहिनीकी जेठी दिदि हुन्। बुवाआमा गुमाएपछी ५ भाईबहिनीको जिम्मेवारी पनि मुगाको काँधमा थपियो। मुगा सँगै १८ वर्षीया आरती,२१ वर्षीया आमपुरा,१७ वर्षका गज,१२ वर्षका भरिन्द्र र १३ वर्षका दिनेश दमाई अहिले सहाराको खोजीमा छन्।  

मुगाले भावुक हुँदै भनिन्, ‘बुवाआमाको मृत्यु भयो, त्यस यता सबै भाईबहिनीहरु पिडैपिडामा बाँचिरहेका छन्।’ बुवाआमाको मृत्यृ भएपछी मुगालाई सबै घरको जिम्मेवारी बहन गर्नुप¥यो।  ‘बुवाआमाको मुत्यु पश्चात मागेर पेट भर्ने गरेका छौं’। ‘खानलाई अन्न छैन, लगाउनलाई लुगा पनि छैन।’, उनले भनिन्। बुवाआमा साथमा हँुदै ११ वर्षको कलिलै उमेरमा विवाह गरेकी मुगाले पनि दुई सन्तान जन्माएकी छन्।  

खाँडाचक्र नगरपालिका-२ का हसिंगे दमाई को ७ वर्ष अघि मृत्यृ भयो। त्यसंको पाँच वर्षपछी उनकी पत्नी जसुदा दमाईको पनी मृत्यृ भयो। हसिंगे र जसुदाबाट  जन्मिएका ७ सन्तान मध्य पाँच सन्तान  अरुको साहाराको खोजिमा भौंतारी रहेका छन्।  

बुवाआमा गुमाएपछि भाईबहिनी हुर्काउन परेको मुगाको भनाई छ। मुगाका श्रीमान्ले पनि छोडेर गए। अहिले दुई सन्तान आफ्ना र ५ जना भाईबहिनीको हेरचाहको जिम्मेवारी मुगालाई छ। ‘दुई भाई एक बहिनी अपाङ्ग छन्। उनले भनिन् ‘एक भाई सानै छ। हाम्रो भविष्य त गयो गयो ती भाईको पढाई लेखाईको जिम्मा कसैले लिएको भए भविष्य बन्थ्यो कि यी अपाङ्ग भाईबहीनी कसरी हुर्काउने समस्यामा छु।’

आफ्नो पढ्ने चाहाना हुँदाहँुदै पनि पढ्न नपाएको बताउँदै एक बहीनी आरती र सानो भाई  नजिकैको सरकारी विद्यालयमा अध्ययनरत छन्। अपाङ्ग भाईबहिनीको लालन पालन गर्न दिनहुँ समस्या हुने गरेको  छ। ‘घरमा थोरै खेतबारी छ। हलो कोदालो गर्ने पुरुष घरमा छैनन्। अपाङ्गहरुको भविष्य पनि यस्तै अन्धकार छ। आफू समस्यामा छु, कसैले सहयोग गरिदिनुपर्यो भन्दै हारगुहार नगरेको दिन छैन।’, उनले भनिन्, ‘भाईबहिनीहरुलाई  लगाउने कपडा पनि छैन। ओढ्ने,ओछ्याउने कपडा पनि उस्तै छन्। सानैमा बुबाआमा बिते, उनीहरुलाई भने छाक जुटाउन अहिले समस्या भईरहेको मुगाले बताईन्।’  

उनको भाई अहिले स्थानीय विद्यालयमा  कक्षा ६ मा पढ्दै छन्। शुभकालिका गाउँपालिकामा विवाह गरेकी मुगाका श्रीमान काले दमाई पनि १२ वर्ष देखि बेपत्ता छन्। उनका एक छोरा एक छोरी छन्। आफ्ना छोराछोरी हुर्काउन समस्या छ। घरको अवस्था नाजुक बने पछि ११ वर्षमा विवाह गरेर गएको सुनाउँदै अहिले गाउँमै  काम गरेर भाईबहीनी पाल्ने गरेको मुगा बताउँछिन्।  

‘भाईबहिनीलाई मागेर पाल्छु। बुवाआमाले त छोडेर गए अब आफूले कसरी छोड्नु। एक बहिनीलाई मागेरै रास्कोटमा कृषि जेटिए अध्ययन गराउँदैछु।, उनले भनिन्।    

घरमा एक बहिनी र दुई भाई अपाङ्गको हेचार्ह गर्र्न उनलाई निकै समस्या आई लागेको छ। परिवारको यस्तो ब्रजपातले आफू विवाह गरेको घर नगएर माइती घरमा बस्दै आएको पनि ९ वर्ष भयो।

भाईबहिनीको हेचार्ह गर्न उनलाई चुनौती थपिएको छ। आफ्नै छोरा छोरीको अवस्था पनि उस्तै छ। श्रीमान्ले उनलाई छोडेर गएको नौ वर्ष भयो, उनी कहाँ छन्, अत्तोपतो छैन। यी विपन्न दलित परिवारका बालबालिकालाई खाँडाचक्र नगरपालिकाले पनि सहयोग गरेको छैन। सहयोगको आशमा बिहान बेलुका हारगुहार गर्दा पनि कुनै निकाय तथा स्थानीय सरकारले सहयोग नगरेको उनीहरुको भनाई छ।

प्रकाशित: १८ माघ २०७९ ०८:०५ बुधबार