समाज

दिगो शहरी विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तराष्ट्रिय सम्मेलन पहिलोपटक नेपालमा हुने भएको छ।

एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यो वर्ष नेपालमा हुन लागेको हो। 

सम्मेलन यहि माघ १९ र २० गते काठमाडौंमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदिप परियारले जानकारी दिए।  ‘एकिकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको हो।

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा ूस्थानीय योजना निर्माण मञ्च गठन गरेको थियो। मञ्चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगाण्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेशियालगायत १३ देश आवद्ध छन्। एक अर्काको सिकाई तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ। 

युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक बर्ष यस सम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने गर्छ। यसैको निरन्तरतास्वरुप यो वर्ष सम्मेलनका लागि नेपाल छनोट हुनु गर्व कुरा  नेपाल सरकार, शहरी विकास मन्त्रालय, जापान सरकार, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालय र युएन ह्याबिट्याट एशिया तथा प्रशान्त क्षेत्रीय कार्यालय, जापानको  संयुक्त आयोजनामा नेपालमा तीन दिने सम्मेलन गर्न  लागिएको हो।

सम्मेलनको अघिल्लो दिन माघ १८ गते अन्तराष्ट्रिय प्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। सोल्टीमोडस्थित होटल हायात प्यालेसमा दुई दिनसम्म चल्ने ‍सम्मेलनमा प्राविधिक सत्र एवं अन्तरक्रिया हुनेछन्।  

प्रकाशित: १७ माघ २०७९ १३:०० मंगलबार

स्थानीय योजना निर्माण मञ्च