समाज

सरकारी छाप किर्ते गरेर फरार चौलागाई पक्राउ

काठमाडौं-सरकारी छाप दस्तखत किर्ते मुद्दामा अदालतद्धारा सजायँ फैसला भएका तर फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर जिल्ला अदालतको २०६९ जेठ १ गतेको फैसलाले १ बर्ष कैद सजाय ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने ४७ वर्षीय रामप्रसाद चौलागाईलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं गौरीघाटबाट पक्राउ गरेको हो।

                प्रतिबादी चौलागाई समेतले भक्तपुर सिपाडोल गाबिस–४ (क), कित्ता नम्बर १०२९ को जग्गा यही हो भनी अर्कै स्थानको राम्रो जग्गा देखाई सिपाडोल गाबिसको नक्कली सिफारिसपत्र, श्रेस्ता बमोजिमको जग्गा देखिने नक्कली नक्शा र नक्कली राजिनामा समेतका कागजातहरु खडा गरी जाहेरवाला बृन्दावती मल्ललाई झुक्याई १० लाख रुपैयाँको लिखत बनाई सरकारी छाप दस्तखत किर्ते गरेका थिए।

                प्रतिबादी चौलागाईलाई फैसला कार्यान्वयनको लागि शुक्रबार भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा  अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७३ १३:१९ शुक्रबार

सरकारी छाप किर्ते गरेर फरार चौलागाई पक्राउ