समाज

गजुरीमा पहिरो जाँदा चेपाङ बालकको मृत्यु

मलेखु (धादिङ)—दक्षिणी धादिङको गजुरी–५ मा आज बिहान पहिरो जाँदा एकजना चेपाङ बालकको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गाउँमा चेपाङको घरमाथिबाट पहिरो आउँदा घर पुरिएर छ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो । 

घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ । रासस 

प्रकाशित: १७ भाद्र २०७३ १०:०१ शुक्रबार

गजुरीमा पहिरो जाँदा चेपाङ बालकको मृत्यु