समाज

मोटरसाइकल चोरेर विक्री गर्ने तामाङ पक्राउ

काठमाडौं- मोटरसाइकल चोरी गरी विक्री गर्ने एक जनालाई प्रक्राउ गरेको छ। काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकाश तामाङलाई प्रहरीले चोरी आरोपमा  प्रक्राउ गरेको हो।

२०६७ सालमा सिंहदरवार भित्रबाट विगेन्द्र मिश्रको नाममा रहेको बा.२६ प १५३६ नम्बरको कालो रंगको पल्सर मोटरसाइकल चोरी गरी बेचेको अभियोगमा प्रहरीले उनलाई विहिबार  ललितपुर सानागाउँबाट पक्राउ गरेको हो।

  चोरीको उक्त मोटरसाइकल किन्ने व्यक्तिलाई समेत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ।

प्रकाशित: १७ भाद्र २०७३ ०८:४९ शुक्रबार

मोटरसाइकल चोरेर विक्री गर्ने तामाङ पक्राउ