समाज

सुरु भयो फोटो प्रदर्शनी

काठमाडौं- फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहिबार सुरु भएको छ।

प्रदर्शनीको उद्घाटन समारोहअघि विभिन्न सात विधाका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। विजेतासहित र उत्कृष्ट १५० फोटो प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको उद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले गरेका थिए। यस वर्षको फोटो अफ द इयर २०७३ टाइटल जित्न सफल दीपकरत्न बज्राचार्यले एक लाख रुपैयाँ पुरस्कार पाए।

शिखर इन्सरेन्स नेपाल स्माइल विधामा नभेष चित्रकारले पुरस्कार प्राप्त गरे भने आईएमएस डेली लाइफ' विधामा नरेश श्रेष्ठले बाजी मारे। त्यस्तै नभेष चित्रकारलेे अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफमा रमेशकुमार पौडेल तथा घुमफिर २०७३ कल्चर एन्ड टुरिजममा दिनेश श्रेष्ठले बाजी मारे। त्यस्तै मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस विधाको उपाधि सुरविन्द्रकुमार पुनले जिते भने फोटो स्टोरीमा नवीन बरालको फोटो प्रथम भयो।

आईएमएस डेली लाइफमा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो। अर्घाखाँची सिमेन्ट न्युज विधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए। नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफमा बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो। घुमफिर २०७३ 'कल्चर एन्ड टुरिजम'मा संवर्द्धन बज्राचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो।

'मोडल ग्लोबल भिसा कन्सल्टेन्सी स्पोर्टस्'मा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भयो। 'शिखर इन्स्योरेन्स नेपाल स्माइल'मा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भयो। त्यस्तै 'फोटो स्टोरी'मा सागर क्षेत्रीको फोटो उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए।

प्रदर्शनी आर्ट काउन्सिलमा २१ गतेसम्म चल्नेछ। कार्यक्रममा शिखर इन्सुरेन्सका अध्यक्ष विकास राणाले फोटोपत्रकार क्लबले गरेको कामको प्रशंसा गर्दै यस्तो किसिमको प्रतियोगिताले नयाँ प्रतिभाको खोजी तथा कामको सम्मान गर्ने बताए।

प्रकाशित: १७ भाद्र २०७३ ०३:४२ शुक्रबार

सुरु फोटो प्रदर्शनी