समाज

जुम्लामा फरार सूचीमा रहेका प्रतिवादी पक्राउ

जुम्लामा फरार सूचीमा रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका –५ का ३१ वर्षीय विकास सुनार रहेका छन्। उनलाई सोमबार दिउँसो ३ बजे जुम्लाको सदरमुकाम खलंगा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

जिल्ला अदालत जुम्लाको २०७४ जेठ १४ गतेको फैसला आदेशले अवैध गर्भपतन मुद्दामा सुनारलाई २ सय ५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो।

प्रकाशित: १६ माघ २०७९ १६:३१ सोमबार