समाज

बसभित्रै यात्रुको मृत्यु

कोहलपुर- नेपालगन्जबाट बुवटवल जाँदै गरेको यात्रु बसमा यात्रारत यात्रुको बसभित्रै मृत्यु भएको छ। बुटवल जाँदै गरेको लु १ ख ९१०५ नम्बरको बसमा यात्रा गरिरहेका कृष्णनगर–२ कपिलवस्तुका गुट्डु मिश्रको मृत्यु भएको हो।

बसमा सवार मिश्रको दिउँसो तीन बजे खासकुश्माको कुसुममा मृत्यु भएको कोहलपुर प्रहरीले जनायो। बस चलिरहेको बेला उनको मुटुमा समस्या देखिएपछि बीच बाटोमा नै मृत्यु भएको थियो।

 मृतक मिश्रको शव भेरीअञ्चल अस्पताल नेपालगन्जमा राखिएको छ। मुटुको विरामीको कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनायो।

 

प्रकाशित: १३ भाद्र २०७३ १४:०४ सोमबार

बसभित्रै यात्रुको मृत्यु