समाज

ड्रोनसहित शेर्पा पक्राउ

ललितपुर- प्रहरीले सानेपाबाट एक जनालाई ड्रोन सहित पक्राउ गरेको छ। सानेपा स्थित ईन्टरनेशनल क्लबमा अवैध रुपमा ड्रोन उडाइरहेको अबस्थामा काठमाडौं गोकर्णेश्वर नगरपालिका–१३ बस्ने ३१ वर्षीय सगुन शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

उक्त क्लबमा पल्सर बाइप टिभी रियालिटि सो भइरहेको समयमा चारवटा पखेटा भएको ड्रोन, रिमोट १ थान, ब्याट्री ३ थान, क्यामेरा १ थान र कालो ब्याग १ थानसहित शेर्पालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाडौमा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रकाशित: १३ भाद्र २०७३ ११:५२ सोमबार

ड्रोनसहित शेर्पा पक्राउ