समाज

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाही लगायत तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाही र तत्कालीन स्टोर किपरसहित ३ जना विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्धा दायर भएको छ।  

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो। तत्कालीन प्रमुख शाहीसहित जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद तथा दाखिला आदेश तयार गरी कार्यालयको संचालन बजेट खर्च गरेको भन्ने उजुरी परेको थियो।  

सो उजुरी सम्बन्धमा गरिएको अनुसन्धानबाट जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख शाही र स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्स समेतका मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ। मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरु तयार गरी भुक्तानी लिने दिने कार्य गरेको पुष्टि हुन गएको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा उल्लेख छ।  

आरोप पत्रमा भनिएको छ, ‘निजहरु कार्यालय प्रमुख शाही र स्टोर किपर खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएको छ। निजहरुलाई उल्लिखित कसुरमा बिगो रू.८१ हजार ८२२ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ।ऐनको दफा ड (ज्ञ) बमोजिम नै उल्लिखित बिगोसमेत निजहरुबाट असुल उपर हुन माग दावी लिइएको छ।’  

भ्रष्टाचार आरोप पत्रमा शाहीले कार्यालयको खर्चबाट खरिद गरेको ७ हजार ७ सय ७ रुपैयाँ बराबर रकमको औषधि आफ्नो व्यक्तिगत प्रयोजनको लागि खरिद गरी भुक्तानी समेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाएर हानी नोक्सानी पुर्‍याएको पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ। तत्कालीन कार्यालय प्रमुख खरिद गरेको उक्त औषधी स्टोर दाखिलासमेत गरेको देखिएबाट स्टोर किपर खनालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा ऐ।ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको अख्तियारले जनाएको छ।  

बाँके, डुडुवा गाउँ कार्यापालिकाको कार्यालयमा सिअहेव छैठौं पदमा कार्यरत सिताराम चौधरीले संचालनमा नै नरहेको फार्मेसी संचालनमा रहेको भनी अनाधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको अख्तियारको अनुसन्धानबाट देखिएको छ। बिल बमोजिमकै औषधि उपलब्ध नगराई बिल मात्र उपलब्ध गराएर चौधरीले प्रतिवादीहरु शाही र खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को देहाय (ङ)बमोजिमको कसूरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको दावी अख्तियारको छ।

अख्तियारको विज्ञप्ति

अख्तियारको विज्ञप्ति जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर सहित ३ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप(पत्र दायर।

जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्लाका कार्यालय प्रमुख, जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विलमात्र खरिद गरी कार्यालयको संचालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटि ग्लोभ्स समेतका मेडिकल सामग्रीहरु खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरु तयार गरी भुक्तानी लिनेदिने कार्य गरेको पुष्टी हुन आएकोले निजहरु कार्यालय प्रमुख अंगद बहादुर शाही र स्टोर किपर गोविन्द खनालको उल्लिखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर भएको देखिएकोले निजहरुलाई उल्लिखित कसुरमा बिगो रू. ८१,८२२।–(एकासी हजार आठ सय बाईस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ड (ज्ञ) बमोजिम नै उल्लिखित बिगोसमेत निजहरुबाट असुल उपर हुन मागदावी लिइएको छ। साथै, प्रतिवादी अंगद बहादुर शाहीले कार्यालयको खर्चबाट खरिद गरेको रू. ७,७०७।–बराबर रकमको औषधि आफ्नो ब्यक्तिगत प्रयोजनको लागि खरिद गरी भुक्तानीसमेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको समेत कसुर गरेकोले निजउपर बिगो रू.७,७०७।–(सात हजार सात सय सात रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐ। ऐनको दफा ३ को उपदफा (१) एवं ऐ।दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय गरी बिगोसमेत भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिम निज अंगद बहादुर शाहीबाट असुलउपर हुन र कार्यालय प्रमुख अंगद बहादुर शाहीले कार्यालयको खर्चबाट खरिद गरेको रू।७,७०७।(बराबर रकमको औषधि स्टोर दाखिलासमेत गरेको देखिएबाट स्टोरकिपर गोविन्द खनालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा निजउपर प्रतिवादी अंगद बहादुर शाहीलाई हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदावी लिइएको छ। यसैगरी जिल्ला बाँके, डुडुवा गाउँकार्यपालिकाको कार्यालयमा सि.अ.हे.व. छैठौ पदमा कार्यरत सिताराम चौधरीले संचालनमा नै नरहेको फार्मेसी संचालनमा रहेको भनी अनाधिकार तरिकाले अरु व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको देखिएकोले सो बिलबमोजिमकै औषधि उपलब्ध नगराई बिल मात्र उपलब्ध गराई निज सिताराम चौधरीले प्रतिवादीहरु अंगद बहादुर शाही र गोविन्द खनालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा ऐ।ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा निज सिताराम चौधरीउपर मुख्य प्रतिवादीहरु अंगद बहादुर शाही र गोविन्द खनाललाई हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजाय हुन मागदावी लिई आज बिषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित: १३ माघ २०७९ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App