समाज

गगन थापाको पहिलो निर्णय वैदेशिक रोजगारीमा जाने युवाको पक्षमा

काठमाडौं—  स्वास्थ्यमन्त्री गगनकुमार थापाले पदभार ग्रहण गरे लगत्तै वैदेशिक रोजगारीमा जाने युवासम्बन्धी एउटा निर्णय गरेका छन्। विदेश काम गर्न जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत पर्दा गरिब नेपालीले दुःख पाएको भन्दै सो कार्य छानवीनका लागि विशेषज्ञ समिति गठनको निर्णय गरेका हुन्।

सो समितिले छानवीन गरी गलत रिपोर्ट दिने चिकित्सक तथा स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउनेछ।

सो समितिले छानवीन गरी गलत रिपोर्ट दिने चिकित्सक तथा स्वास्थ्य संस्थालाई कारवाहीको दायरामा ल्याउनेछ।

नवनियुक्त स्वास्थ्यमन्त्री थापाले गठन गरेको समितिमा सहसचिव तहका चिकित्सक अध्यक्ष रहनेछन्। मेडिकल काउन्सिलका एक चिकित्सक श्रम मन्त्रालयका कानून अधिकृत, स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य समितिमा रहनेछन्।

वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य जाँच गर्दा स्वास्थ्य संस्थाहरुले सिन्डिकेट गरी चर्को शुल्क असुल्ने, नक्कली स्वास्थ्य रिपोर्ट बनाएर उडाउने एवं स्वास्थ्य रिपोर्ट नै गलत बनाइदिनेसम्मका कार्य हुँदै अाएका छन्। यही सन्दर्भमा स्वास्थ्यमन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाको पक्षमा पहिलो निर्णय गरेका हुन।

प्रकाशित: १० भाद्र २०७३ ०६:५९ शुक्रबार

गगन थापाको पहिलो निर्णय वैदेशिक रोजगारीमा जाने युवाको पक्षमा