समाज

पेट्रोलियम पदार्थको बिक्री बोतल र जर्किनमा नगर्न निगमको निर्देशन

नेपाल आयल निगमले खुला रूपमा बोतल र जर्किन लगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै निगमले खुला रूपमा बोतल र जर्किन लगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन दिएको हो। 

निगमले बोतल, जर्किनसहितका भाँडामा पेट्रोलियम पदार्थ बिक्री विरतण गरेको पाइए कानुनबमोजिम कारबाही हुने पनि बताएको छ।

प्रकाशित: ११ माघ २०७९ १२:४८ बुधबार

नेपाल आयल निगम