समाज

अवैध रुपमा ल्याइएका ६ लाखको सामग्री बरामद

चोरी तस्करी गरेर भारतबाट ल्याइएका लत्ताकपडा, खाद्यान्न लगायतका सामग्रीहरुले प्रहरीले बरामद गरेको छ।

मोरङको विभिन्न स्थानबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, कस्मेटिकका सामान, घरेलु मदिरा, माछा, कुखुरा लगायतका सामान बरामद गरेको प्रहरी प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको ६ लाख ३९ हजार ४० रुपैयाँ बराबरका सामग्री बरामद गरेको बताए।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १३:३८ मंगलबार

खाद्यान्न सामग्री बरामद