समाज

डेरामै १४ वर्षीया बालिका बलात्कृत

नेपालगन्ज– नेपालगन्ज–५ मा डेरा गरी बस्ने एक बालिका बलात्कृत भएकी छन्। जाजरकोट, भेरी मालिका नगरपालिका वडा नम्वर ८ घर भई हाल नेपालगन्ज–५ मै डेरा गरेर बस्दै आएका ३० वर्र्षीय शिव शाहीले १४ वर्षीया बालिकालाई आइतबार राती बलात्कार गरेका हुन्।

परिवार सहित डेरा गरेर बस्दै आएका शाहीले सोही घरमा डेरा गरी बस्ने बालिकालाई कोही नभएको मौका छोपेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। राती करिव १ बजे बलात्कार गरेर फरार भएका अभियुक्त शाही अहिलेसम्म फेला नपरेको जिप्रका बाँकेका डिएसपी भीमकिरण बोगटीले बताए। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ६ भाद्र २०७३ १२:३७ सोमबार

डेरामै १४ वर्षीया बालिका बलात्कृत