समाज

हिमपातले जुम्ला सहित कर्णालीको हवाई उडान प्रभावित

जुम्ला सहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ। सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगन्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्स लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए।  

एक्कासि हिमपात भई हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगन्जबाट माथि जिल्लातिर जाने यात्रुहरू अलपत्र परेका छन्। जुम्लाको विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको छ। उनले भने मंगलबार सुर्खेत नेपालगन्जदेखि कुनै पनि हवाई उडान नभएको जनाए। 

जुम्ला विमानस्थलमा पनि ५ इन्च भन्दा बढी हिउँ जमेपछि हवाई सेवा प्रभावित भएको छ। जुम्लामा यो वर्षकै पहिलो पटक हिमपातले गर्दा हवाई सेवा बन्द भएको छ।

प्रकाशित: १० माघ २०७९ ११:३० मंगलबार

जुम्ला