पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्प ४ वटा घर र एउटा मन्दिर भत्किएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्पले घर भत्काएको डिएसपी सुर्य थापाले नागरिक न्युजलाई बताए।
उनका अनुसार बाजुराको बडिमालिका नगरपालिकाको वडा नं–७ मा २ वटा घर र वडा नं-९ मा २ वटा घर भत्केको हो। उनका अनुसार मानवीय क्षति भएको छैन।
साथै मन्दिर भत्किएको नागरिक न्युजका संवाददाता दिलबहादुर छत्यालले बताए।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिङले बाजुरा र बझाङ्गमा केही घर चर्केर क्षती भएपनी मानबिय क्षती नभएको बताएका छ्न । बाजुरामा एक घर भत्केपनि मानबिय क्षती भएको छैन ।
प्रकाशित: १० माघ २०७९ १०:१६ मंगलबार