समाज

संसद् भवन अगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

संघीय संसद् भवन अगाडि एक व्यक्तिले आत्मदाह गर्ने प्रयास गरेका छन्।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार  इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन्।

बानेश्वरबाट तीनकुने मार्गको बीच सडकमै उनले पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका थिए। 

अहिले उनलाई उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगेको  मैनालीले बताए।  

प्रकाशित: १० माघ २०७९ १०:१४ मंगलबार

आत्मदाह संघीय संसद् भवन