समाज

विराटनगरका साह हत्या गर्ने भारतीय पक्राउ

राजविराज—सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

जिवछलाई गोप्य सूचनाको आधारमा जिप्रका सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको बभन्नगामाकटी गाविसको सडेपारस्थित ससुरा कृष्ण साहको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई अवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर पठाइएको प्रहरी उपरीक्षक ढकालले बताएका छन्। रासस

प्रकाशित: ५ भाद्र २०७३ ०८:१० आइतबार

विराटनगरका साह हत्या गर्ने भारतीय पक्राउ