समाज

माछा समात्न गएका युवकको फेवातालमा डुबेर मृत्यु

पोखरा—फेवातालमा बेपत्ता भएका युवकको लाश आज बिहान फेला परेको छ। 

रुकुम घर भई हाल पोखराको पस्र्याङ बस्दै आएका ३६ वर्षिय जीतबहादुर शाही माछा समात्ने क्रममा चिप्लिएर बिहीबार साँझ ७ बजे तालमा बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। 

मृतक शाहीको शव परीक्षणका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको बताइएको छ। रासस 

प्रकाशित: ३ भाद्र २०७३ ०९:३८ शुक्रबार

समात्न गएका युवकको फेवातालमा डुबेर मृत्यु