समाज

श्रीमान्‌ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु

लहान—आफ्नै श्रीमान्‌ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ। 

घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका–६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो। 

लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। 

लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। रासस

प्रकाशित: ३ भाद्र २०७३ ०९:३५ शुक्रबार

श्रीमान्‌ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु