समाज

मर्मत नभएको भन्दै बिच सडकमा केराको बोट

झापामा भत्किएको राजमार्ग मर्मत नभएको भन्दै स्थानीयले सडकमै केराको बोट राखेका छन्।

मेची राजमार्ग अन्तर्गत पर्ने बुद्ध शान्ति ७ सुनमाईमा स्थानीयले सडक बिचमै केराको बोट रोपेका हुन्। 

पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि स्थानीय भेला भई विरोध स्वरूप केराको बोट राखेका हुन्।

प्रकाशित: ८ माघ २०७९ १३:४७ आइतबार