समाज

रुकुमा दुई जनाको शव भेटियो

रुकुम– छट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। काँक्री गाविस– १ का ५९ वर्षीय तीलबहादुर पुन र रुँघा गाविस–८ का ३७ वर्षीय लालबहादुर वली मृत फेला परेका हुन्।

उनीहरु दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयहरुले मृत अवस्थामा दुवै जनालाई भेटेका थिए।

 

प्रकाशित: ३२ श्रावण २०७३ १२:१२ मंगलबार

रुकुमा दुई जनाको शव भेटियो