समाज

सञ्चार उद्यमी सिंघानीया हत्यामा संलग्न यादबलाई थुनामा राख्न आदेश

जनकपुर— जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य अभियुक्त रामविनोद यादबलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजालसले मंगलबार यादबलाई थुनामा राख्न आदेश दिएको हो।

सञ्चार उद्यमी सिंघानियाँ हत्याको आरोप लागेका यादब दुई जनकपुर बमकान्डका मुख्य योजनाकार सञ्जय साहसँगै दुई वर्ष अघिदेखि फरार थिए।

मंगलबार १ बजेतिर एक जना कानुन व्यवसायी साथमा लिएर यादब आफैँ जिल्ला अदालत  पुगेका थिए।

जनकपुर टुडेका प्रकाशक सिंघानीयाको २०६७ फागुन १७ गते होलीको दिन जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो।

सिंघानीया हत्याको मुख्य योजनाकारको आरोपमा प्रहरीले चन्द्रदीप यादवलाई यसअघि पक्राउ गरेको थियो। रामविनोद जनकपुर बम विस्फोटका योजनाकार सञ्जय टक्लाका नजिक मानिन्छन्। प्रहरीले जनकपुर बम विस्फोट र सिंघानीया हत्याको अनुसन्धान थाले पछि टक्ला, चन्द्रदीप र रामविनोदसँगै फरार भएका थिए।

टक्ला अहिले डिल्ली बजार कारागारमा बन्दी छन्।

प्रकाशित: ३२ श्रावण २०७३ ११:१७ मंगलबार

सञ्चार उद्यमी सिंघानीया हत्यामा संलग्न यादबलाई थुनामा राख्न आदेश