समाज

श्रीमतीद्वारा श्रीमानको हत्या

कपिलवस्तु–कपिलववस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा शनिबार राति श्रीमतीले आफनै श्रीमानको निर्मम हत्या गरेकी छन्। स्थानीय दुर्गा न्यौपानेले आफनै श्रीमान २९ वर्षीय शंकर न्यौपानको हत्या गरेको प्रहरीले जनाएको छ ।

दुर्गाले घरमा सुतिरहेका आफ्ना श्रीमानलाई धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक बिष्णु केसीले बताए। श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध नभएको, पटक पटक विवाद र झैझडा हुने गरेको प्रहरीले जनाएको छ। अभियुक्त दुर्गालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शवको पोष्टमाटमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको  छ ।

 

प्रकाशित: ३० श्रावण २०७३ ०७:१९ आइतबार

श्रीमतीद्वारा श्रीमानको हत्या