समाज

डेढ सय ग्राम यार्सासहित एक महिला भारतमा पक्राउ

दार्चुला– सीमामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक सय पचास  ग्राम यार्सागुम्बासहित एक नेपाली युवतीलाई प्रक्राउ गरेको छ। सीमावर्ती  बजार धार्चुलाबाट नेपालतर्फ ल्याउँदै गर्दा झोलु पुल तर्ने क्रममा चेकजाँच गर्दा उक्त परिणामको यार्सा फेला परेको हो।

प्रकाउ परेको महिला सुन्सेरा गाविस–४ की ३६ वर्षीया निर्मला ठगुन्ना खाती रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीले जनाएको छ। प्रकाउ परेकी महिलालाई एसएसबीले भारतीय उत्तराखण्ड पुलिसलाई जिम्मा लगाएको छ। पुलिसले भारतको डिडिहाट कोर्ट  चलान गर्ने तयारी गरिरहेको भारतीय उत्तराखण्ड पुलिसको कोतवाली धार्चुलाले  जनाएको छ। सीमामा यार्सा पक्राउ परेपछि जिल्ला सदरमुकामको झोलु पुल नाकामा चेकजाँचमा  कडाई गरिएको छ।

भारतमा नेपाली महिला प्रक्राउ परेको बारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई कुनै आधिकारिक  जानकारी नआएको  प्रहरीले जनाएको छ।

 

प्रकाशित: २९ श्रावण २०७३ १२:५४ शनिबार

डेढ ग्राम यार्सासहित महिला भारतमा पक्राउ