समाज

ग्रामीण क्षेत्रमा यातायात बन्द

जनकपुरधाम- जनकपुर क्षेत्रका ग्रामीण सडकमा सञ्चालन हुँदै आएका बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।  सडक अत्यन्तै जीर्ण भए पनि सम्बन्धित निकायले ध्यान नदिएको र जोखिमपूर्ण सडकमा दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बस सेवा बन्द गरिएको जनाइएको छ । जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अनुसार जनकपुर क्षेत्रको सघारा, पर्साही, यदुकोहा, लोहरपट्टी र भ्रमरपुरा ग्रामीण सडकमा बस सञ्चालन गर्न बन्द गरिएको हो ।

सङ्घका अध्यक्ष मनोज चौधरीले जनकपुर–भिठ्ठामोड र जनकपुर–जटही सडकको अवस्था पनि जीर्ण रहेकाले सम्बन्धित निकायले यी सडकको मर्मत नगरेमा यस सडकमा समेत बस सञ्चालन बन्द गरिने बताए।

यी सडक तीन महिनादेखि मर्मत हुन नसकेको, वर्षायाममा बस सञ्चालनमा समस्या र अधिक दुर्घटना हुने गरेको बताइएको छ । रासस

प्रकाशित: २९ श्रावण २०७३ ०७:०० शनिबार

ग्रामीण क्षेत्रमा यातायात