समाज

७० वर्षसम्म नागरिकता विहिन दैलेखका दलबहादुर

७० वर्षसम्म नागरिकता विहिन दैलेखका दलबहादुर दमाई।

७० वर्षसम्म पनि दैलेखका दलबहादुर दमाई नागरिकता विहिन छन्। नागरिकता प्राप्त गर्न बारम्बार प्रयास गरेपनि मुचुल्का गर्ने आफन्त समेत नहुँदा उनी अहिलेसम्म नागरिकता विहिन भएका हुन्।

स्थानीय पालिका महावु गाउँपालिका ७ स्थायी घर भएका दलबहादुर सानो उमेरमा भारत गए। बुढेसकालमा घर सम्झदै लामो समयपछि नेपाल आए।

जीवनको बुढेसकालमा नेपाल आएका उनले नेपाली नागरिकता लिएर मर्ने ईच्छा राखे। वडा कार्यालय हुँदै गाउँपालिकासम्म पुगे। नागरिकता दिने प्रमाणपत्र नपुगेका कारण ७० वर्षपुग्दा समेत उनी नागरिकता विहिन हुनपुगे। 

गाउँमा उनका नजिकका आफन्तहरु नहुँदा नागरिकता ७० वर्षसम्म पनि नागरिकता विहिन हुनुपरेको हो। भारतबाट आए लगत्तै गाउँका स्थानीय डिले दमाईले दलबहादुरलाई साहरा दिएर बसालेका थिए।

‘आफुले उहाँको हेरचाह गर्ने आफन्त नभएकाले अहिलेसम्म सेवा गरेको हुँ।’ स्थानीय डिले दमाईले भने, नागरिकता समेत प्राप्त गर्न सकिएन्। अहिले उहाँ साहराविहिन हुनुहुन्छ त्यसैले सहयोग गर्ने निकायले उहाँको हेरचाह गर्नुस्। मैले गाउँपालिकाको जिम्मा लगाएर घर फर्किएको छु।’

साहराविहिन भएका दलबहादुरले आफु जन्मेहुर्केको ठाउँबाट नागरिकता लिने ईच्छा राखेपछि वडा कार्यालय हुँदै गाउँपालिकासम्म पुगेका थिए। नियमकानुन अनुसार वडाबाटै सिफारिस हुन सकेन्।

महावु गाउँपालिकाले पालिकामै अहिले रेखदेखका लागि असहाय, अनार्थहरु हेर्ने संस्थासंग सम्र्पक गरेर पठाउने तयारी गरेको छ। नागरिकता विहिन दलबहादुरलाई मानव सेवा आश्रममा पठाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। 

‘दलबहादुर दमाईको आफन्त र साहरा दिने नभएको र उहाँले नागरिकता समेत पाउनुभएको छैन्।’ महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले भनिन् ‘साहरा दिने आफन्नतसमेत नभएको हुँदा उहाँको हेरचाहका लागि मानव सेवा आश्रममा पठाउने तयारी गरिएको छ।’

प्रकाशित: ४ माघ २०७९ १४:१६ बुधबार