समाज

कृषि उद्यमी बनाउन तालिम दिइने

कृषि उद्यम तालिमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागीहरू । तस्बिर चुमन बस्नेत /नागरिक

कृषि उद्यम गर्न चाहनेहरूलाई कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेटर कार्यक्रम शुरु भएको छ।

सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, वैकल्पिक कोष व्यवस्थापक अध्यन्त र स्वीस कन्ट्याक्टका बीचमा सम्झौता भई यो कार्यक्रममा सुरू गरिएको हो।  

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी कृषि उद्यमी बन्न चाहनेहरूलाई लक्षित गरी  तालिमको आवेदन समेत खुला गरिएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ। नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले कृषि व्यवसायी क्षमता बढाई युवा पुस्तालाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको जानकारी दिए। एक्सिलेटर कार्यक्रममा प्राप्त आवेदनहरूबाट १० जना उद्यमी छनौट गरी १२ हप्ता सम्म कृषि उद्यमीहरूलाई पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिने राउतले बताए।

उनका अनुसार एक्सिलेटर कार्यक्रमले सम्भावना बोकेका कृषि उद्यमीहरूको विज्ञ तथाउद्योगी(समुदायसँग सम्पर्क विस्तार गर्ने छ ।आध्यन्त एक्सिलेटर कार्यक्रम काठमाडौँ बाहिरप्रदेश नं. १ लाई केन्द्रित गरेर हुन लागेको हो। यो कार्यक्रम सार्वजनिक निजी साझेदारीको मोडलमा सञ्चालन गरिने आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक मनोज पौडेलले बताए।

 लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाले कार्यक्रमले निर्वाहमुखि कृषि प्रणालीलाई व्यवसायीकरण गर्न सहयोग पुग्ने धारणा राखे। कार्यक्रममा प्रदेश सरकारको तर्फबाट लगानी प्राधिकरण र निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ सहकार्य गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।  

प्रकाशित: ४ माघ २०७९ १२:१८ बुधबार