समाज

कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ—नेपाल प्रहरीको लागुऔषध नियन्त्रण विभागले कोकिनसहित दुई विदेशी महिला पक्राउ गरेको छ।

पक्राउ पर्नेमा थाई महिला ३२ वर्षीया वारानाय क्विपिकुल र बोलिभियाकी २९ वर्षीय रोशी ग्युडे टोलेडो आलेजोश रहेको डिआईजि जयबहादुर चन्दले बताए।  

मंगलबार राति मलेसियन एमएच ११५ विमानबाट मलेसिया हुँदै थाइल्याण्ड जाने तयारीमा रहेकी क्विपिकुललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३.५४ केजि कोकिनसहित पक्राउ गरिएको हो।
त्यस्तै, आलेजोशलाई प्रहरीले राजधानीको नक्सालबाट बुधबार दिउँसो पक्राउ गरेको हो। 

हिरासतमा रहेकी क्विपिकुले बयानको क्रममा उक्त कोकिनको ब्याग आलेजोशसँग लिएको बताएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाको छ।

 

प्रकाशित: २६ श्रावण २०७३ १०:४३ बुधबार

कोकिनसहित दुई विदेशी महिला पक्राउ