समाज

मिष्ठान्न भण्डारणमा शिलबन्दी

काठमाडौ-अखाद्य बस्तु बेच्ने काठमाडौ माछापोखरीको एक मिष्ठान्न भण्डारमा सोमबार अनुगमन टोलीले शिल लगाएको छ। त्रिमुर्ती मिष्ठान्न भण्डारणले मानब स्वास्थ्यमा असर पुग्ने उत्पादन गरेर बिक्री वितरण गरेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको टालीले मिठाईका परिकार नष्ट गरेर शिल गरेको हो ।

 बिग्रिएका रसवरी, पेडा, लालमोहन लगायतका मिठाईबाट गुदपाक गराउने गरेको अनुगमनमा संलग्न उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए।

प्रकाशित: २४ श्रावण २०७३ १३:५६ सोमबार

मिष्ठान्न भण्डारणमा शिलबन्दी