समाज

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु

दुर्घटनामा मृत्यु भएकाहरुको शव निकाल्ने प्रयास गर्दै सुरक्षाकर्मी। तस्विरः निराजन पाैडेल

नुवाकाेट- गाेरखाबाट काठमाडाैंका लागि  उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे मदनपुर-९ बेतिनी जंगलमा दुर्घटनाग्रस्त भएकाे छ।  दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ। फिस्टेल एयरका रमेश शिवाकाेटीका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र पाँच यात्रुको घटनास्थलमै मृत्यु भएकाे हाे। 

हेलिकोप्टर गोरखा सिर्दिबास–८ फिलिमबाट सुत्केरी महिला र नवजात शिशु लिएर काठमाडौंको लागि उडेको थियो। नुवाकोट मदनपुर गाबिस–९ स्थित बेतिनीको जंगलमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा हेलिकप्टरका चालक रञ्जन लिम्बु, गोरखा सिर्दिबास–२ बस्ने ६० वर्षीय कितमान गुरुङ, उनकै श्रीमती ५६ वर्षीया अज्ञानी गुरुङ, १९ वर्षीया प्रीति गुरुङ, उनकै ५ दिनको नवजात शिशु, गोरखा खोर्लाबेसीकी २८ वर्षीया लक्ष्मी गुरुङ र गोरखा सिर्दिबास–२ स्थित फ्रेज नेपाल संस्थामा काम गर्ने ईटहरी घर हुने २२ वर्षीया निशा तामाङ रहेका छन्।

दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ। फिस्टेल एयरका रमेश शिवाकाेटीका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र पाँच यात्रुको घटनास्थलमै मृत्यु भएकाे हाे।

सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएकाे  हेलिकप्टर काठमाडाैं फर्किँदा दुर्घटनामा परेकाे हाे। प्रत्यक्षदर्शीका अनुसार  घटनास्थल नजिकै धुँवाकाे मुस्लाे देखिएपछि सुरक्षाकर्मी उद्धारका लागि सोही दिशातर्फ लागेका थिए। घटनास्थलतर्फ प्रहरीकाे दुइवटा टाेली परिचालन गरिएकाे छ।  जिल्ला प्रहरी कार्यलय नुवाकाेटकाे टाेली र सशस्त्र प्रहरी तालिम केन्द्र ककनीकाे टाेली परिचालत थियो।

बेल्कोट र मदनपुर गाविसको सीमामा पर्ने डाँडोबाट धुँवा आइरहेको छ।  साे स्थानमा घना जंगल छ।

दुर्घटनामा परेको हेलिकोप्टरको फाइल फोटो

प्रकाशित: २४ श्रावण २०७३ ०९:५७ सोमबार

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना पाइलट सहित काे मृत्यु