समाज

विमान दुर्घटना: आजका लागि उद्धार कार्य स्थगित, भोलि बिहानैदेखि थालिने

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आजका लागि स्थगित भएको छ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाई भएका कारण भोलि बिहानैदेखि उद्धार कार्य थाल्ने गरी आजको लागि स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

'विमानमा सवारमध्ये हालसम्म चार जना अझै फेला पर्नुभएको छैन', उनले भने। 'पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव भोलि बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ, काठमाडौँका र आफन्त काठमाडौँ नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ।'

प्रकाशित: १ माघ २०७९ १७:३९ आइतबार