समाज

बाढी प्रभावित बस्तीमा उपचार गर्दै डा. केसी

वाढी प्रभाबित सप्तरीको तिलाठिमा विरामीको उपचार गर्दै डा. गोबिन्द केसी। तस्विरःमिथिलेश

तिलाठि(सप्तरी)- बरिष्ठ चिकित्सक गोबिन्द केसी सप्तरीका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। उनी बाढी प्रभावित जनताको उपचार गर्न सीमावर्ती गाउँ तिलाठी आएका हुन्। उनीसंग त्रिवि शिक्षण अस्पतालका थप चारजना चिकित्सक तिलाठिमा बाढी पीडितको स्वास्थ्य उपचार गरिरहेका छन्। शनिवार विहान १० बजेबाट तिलाठिको प्रावि विद्यालयको एउटा कोठामा उनले विरामीको उपचार गरिरहेका छन्। बाढीको पीडाबाट निस्कन नपाउँदै विभिन्नखाले स्वास्थ्य समस्याबाट पीडित यस क्षेत्रका जनतालाई औषधी र उपचार गेरर आम नेपाली तपाईहरुसंगै छन् भन्ने सन्देश दिन यहाँ आएको डा. केसिले नागरिकन्युजलाई बताए। उनले भने,‘यहाँ आएर सेवा गर्न पाउँदै सन्तुष्टि महसुस भैरहेको छ।’

सरकारी सतरवाट प्रभावकारी स्वास्थ्य उपचार नपाएका यस क्षेत्रका जनालाई उपचार गर्न पाउँदाजस्तो खुसी अरु के हुन सक्छ र उनले भने,‘म आफुलाई सौभाग्यमानी महसुस गरिरहेको छु ।’ डा. केसी सीमावर्ती गाउँमा आएर बाढि पीडित जनाको उपचार गरेको देख्दा डाक्टर नभई भगवान आएजस्तो लाग्छ स्थानीय सन्तोष झाले बताए।

नेपाली पीडामा भएका बेला मैले थोरै भएपनि मलम लगाएर हामी साथ छौ भने ढाड्स दिन यहाँ आएको डा.केसीले भने।

 

 

प्रकाशित: २२ श्रावण २०७३ १४:४१ शनिबार

बाढी प्रभावित बस्तीमा उपचार गर्दै डा. केसी