समाज

छत खस्दा एकै परिवारका ३ को मृत्यु, १ गम्भीर

किरणमान बज्राचार्य

कपिलवस्तु– कपिलवसतुको गुगौली – ५ तीनघरेमा  शुक्रबार राति ९ बजे पक्की घरको छत खस्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। स्थाानीय नारायण भरको एक तले छत खस्दा उनका ३ छोराछोरीको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हनुेहरुमा ६ वर्षे अरबिन्द, १४ वर्षे चन्द्रावती र २४ वर्षे सत्यावती रहेको छन्।

खसेको छतले च्यापेर नरायणीकी अर्की ६ वर्षे  छोरी  भुकुरी गम्भीर घाइते भएकी छन्। चारै जना घरमा सुतिरहेको थिए। भिकुरीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र उनको अवस्थामा सुधार आएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए। अरबिन्दको घटनास्थलमै मृत्यु भएको थियो।

चन्द्रावतीको बुटवल अञ्चल अस्पालमा र सत्यावतीको भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो। घटना बारे थाहा पाएको एक घण्टापछि ईलाका प्रहरी कार्यालय गणेशपुरका टोली घटना स्थलमा पुगेर छतले च्यापेका उनीहरुलाई बाहिर निकालेको थियो।

गत साउन ११ को वर्षाले जीर्ण अवस्थामा रहेको छत कमजोर बनेको थियो। ३ सन्तानको मृत्युले नारायणको घर शोकमा डुबेको छ।

 

प्रकाशित: २२ श्रावण २०७३ ०६:०२ शनिबार

छत खस्दा एकै परिवारका को मृत्यु गम्भीर