समाज

भूकम्प सुरक्षा दिवसको पूर्व सन्ध्यामा सशस्त्र प्रहरीको टेबुल टप एक्सरसाईज कार्यक्रम

सशस्त्र प्रहरी जुम्लाले भूकम्प सुरक्षा सचेतनाका लागि टेवुल टप एक्सरसाईज कार्यक्रम गरेको छ। सशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणागण जुम्लाले २५औँ भूकम्प सुरक्षा दिवसको पूर्व सन्ध्यामा सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको हो।  

सशस्त्र प्रहरीले शुक्रबार सरोकारवाला निकायहरुको उपस्थितिमा टेवल टप एक्सरसाईज कार्यक्रम गरको छ। ‘भुकम्प सुरक्षित, पूर्वाधार सुरक्षित, जिवनको आधार’ भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको हो। भूकम्प आईसकेपछिको अवस्थामा सरोकारवाला निकायले निभाउनु पर्ने भूमिकाको विषयमा टेवुल अभ्यास गरिएको थियो। सशस्त्र प्रहरीले टेवुल टप एक्सरसाईज गर्न ६ वटा समूह गठन गरेर छलफल गरिएको छ।  

स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालय, सुरक्षा निकाय, नागरिक तथा पत्रकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा जनस्वास्थ्य कार्यालय र गैरसरकारी क्षेत्र नाम दिइएका समूहमा सरोकारवाला निकायले टेवुल टप एक्सरसाईज गरेर समूहगत छलफलसहित सचेतना  कार्यक्रम गरिएको छ। कार्यक्रममा नमूनाको रुपमा भूकम्प आएको र सरोकारवाला निकाय परिचालन कसरी हुने भन्ने बिषयमा समुहगत छलफल गरि प्रस्तुत गरिएको छ। भुकम्प आएको अवस्थामा प्रहरी कसरी परिचालन हुन्छ भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमबहादुर बुढा मगर, नेपाली सेनाका उपसेनानी आदित्यजंग शाही र राष्ट्रिय अनुसन्धान प्रमुख राजकुमार न्यौपानेले प्रस्तुतीकरण गरेका थिए।  

भूकम्प गइसकेपछि सरोकारवाला निकायको भूमिका के होला भन्ने बिषयमा स्वास्थ्य क्षेत्रले गर्ने कामको विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाही, जनस्वाथ्य सेवाका अधिकृति प्रेस सुमाइ र सरकारी निकायको तर्फबाट सघन शहरी तथा भवन डिभिजन आयोजनामा सव ईन्जिनियर निमा देव, गैरसरकारी क्षेत्रबाट भकारी कार्यक्रममा संजिव श्रेष्ठ, नागरिक तथा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आ आफ्नो काम र भूमिकाका बिषयमा प्रस्तुतीकरण गरेका थिए।माघ २ गते बिहान ८ बजे जिल्ला प्रशासन अगाडी जम्मा भएर प्लेकार्ड सहित  र्याली निकाल्ले कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। उनका अनुसार त्यसपछि बालमन्दिर अगाडी भूकम्प सुरक्षा सम्बन्धी ड्रमा देखाउने कार्यक्रम रहेको छ।

क्याप्सनस्  सशस्त्र प्रहरीको टेवुल टप एक्सरसाईजको तस्बिर गोल्डेन बुढा।

प्रकाशित: ३० पुस २०७९ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App