समाज

मौसम आंशिकदेखि सामान्य बदली

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रमा मौसम बदली भएको हो।  

महाशाखाका अनुसार आज शनिबार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भएपनि यी क्षेत्रमा दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने भएको छ। पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा रहने र तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।रासस

प्रकाशित: ३० पुस २०७९ ०५:०७ शनिबार

मौसम