समाज

दुई महिलाको कुटाकुटमा एकको मृत्यु

रौतहटको राजपुर नगरपालिकाको एक गाउँमा दुई महिलाबिच झगडा हुँदा एकको मृत्यु भएको छ। राजपुर नगरपालिकाको बलुवा गाउँमा दुई महिलाबिच पराल र गिटीको विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो।  

स्थानीय ओसिमहमदकी श्रीमती सहनाज खातुनले राखेको गिटीमाथि वाजुल ओस्ताकी श्रीमती अरमुन नेसाले पराल राखेपछि दुई जनाबिच झगडा भएको थियो। झगडाले उग्र रुप लिँदै मारपिटमा बदलिएपछि खातुनले ४० वर्षीय ओस्तालाई कुटेकी थिइन् । खातुनको कुटाइबाट गम्भीर घाइते ओस्तालाई उपचारको लागि अस्पताल पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।  

ओस्ताको मृत्यु भएपछि खातुन फरार भएकी छन्। घटनाको बारेमा अनुसन्धान भइरहेको र फरार खातुनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

प्रकाशित: २७ पुस २०७९ १३:३१ बुधबार

जिल्ला प्रहरी कार्यालय रौतहट रौतहटको राजपुर नगरपालिका