समाज

मनसुन सम्वन्धी फोटो प्रदर्शन हुने

काठमाडौं- नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्दै आएको फोटो नेपाल प्रदर्शनी साउन २१ बाट २३ सम्म गर्ने भएको छ। प्रदर्शनी नेपाल पर्यटन बोर्डमा हुने फोटो नेपालका कार्यक्रम संयोजक सुधन सुवेदीले जनाए।  

यो महिनाको प्रदर्शनीको विषय मनसुन रहेको उनले जानकारी दिए।  पानी र मनसुनसँग सम्बन्धित नेपाली फोटोग्राफरहरुको करिब ५० वटा फोटोहरु पदर्शनिमा राखिनेछ । फोटो पत्रकार समूह (पिजे क्लब) सँगको सहकार्यमा यो फोटो प्रदर्शनी आयोजना हुन लागेको हो। नेपाल पर्यटन बोर्डले हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवारदेखि ३ दिनसम्म फोटो प्रदर्शनी गर्दै आएको छ। फोटो मार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्नु यस प्रर्दशनीको उद्देश्य रहेको छ।

फोटो प्रदर्शनीसँगै फोटोसँग सम्बन्धित छलफल, अन्तरक्रिया, फिल्म प्रदर्शनी आदि कार्यक्रम पनि आयोजना हुनेछ। प्रदर्शनी मनसुनसँग सम्बन्धित र पानी पर्ने समय पनि भएकाले प्रदर्शनीमा आउनेहरुलाई छाता लिएर आउन बोर्डले अनुरोध गरेको छ।  

 

प्रकाशित: १७ श्रावण २०७३ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App