समाज

ग्याङ फाइटमा घाइते श्रेष्ठको मृत्यु

काठमाडौं- ग्याङ फाइटमा घाइते भएका सुशान्त श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको छ। साउन ९ गते केटीको विषयलाई लिएर क्षेत्रपाटीमा ग्याङ फाइट भएको थियो। झडपमा घाइते श्रेष्ठलाई उपचारको लागि काठमाडौं मोडल अस्पतालमा उपचारको लागि लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको लैनचौर वृतका डिएसपी सोमेन्द्र सिंह राठौरले बताए। घटनामा संगल्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्रउ गरेको छ भने अन्य ८ जना फरार रहेका छन्।  

प्रकाशित: १६ श्रावण २०७३ १०:०५ आइतबार

ग्याङ फाइटमा घाइते श्रेष्ठको मृत्यु