समाज

भिरबाट खसेर २० वर्षीया युवतीको मृत्यु

बिरा गडाल

बैतडी– घाँस काट्न गएकी युवतीको भिरबाट खसेर  मृत्यु भएको छ। बैतडीको शर्माली–७ मुसरकोटकी जेलीराम सार्कीकी २० बर्षीया छोरी कमलाको मृत्यु भएको हो।

घर नजिकैको मुसरकोट भिरमा घाँस काट्दै गर्दा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो दुई बजेतिर भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए।

 

प्रकाशित: १५ श्रावण २०७३ १२:०१ शनिबार

भिरबाट खसेर २० वर्षीया युवतीको मृत्यु